सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार ललिता निवासको सरकारी जग्गा विप्लव समूहले झण्डा गाड्दैमा कब्जा नहुने बताएका छन्।
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले झण्डा गाड्दैमा जग्गा कब्जा नहुने बताएका हुन्।
बुधबार साँझ सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेत्रित्वको नेकपाले विवादित लतिला निवासको जग्गामा बम राख्नुका साथै झण्डा गाडेर कब्जा गरेको घोषणा गरेको थियो।
मन्त्री बाँस्कोटाले जग्गामाथि सरकार आफैँले छानबिन गरिरहेको भन्दै विप्लव समूहले चर्चामा आउनका लागि जग्गा कब्जाको हल्ला गरेको बताएका छन् ।






