उत्तर अमेरिकाबाट नेपाली साहित्यलाई उपहार

नेपालबाहिर बस्ने नेपालीको साहित्य लेखन र सक्रियता पनि लोभलाग्दो छ । यसैको एउटा प्रमाण आगामी आइतबार काठमाडौंमा सार्वजनिक हुँदै छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाण्डौंमा उत्तर अमेरिकामा बसोबास गर्ने नेपाली कथाकारहरुको संयुक्त कथा संगालो ‘परदेशका कथा’ लोकार्पण गरिँदै छ ।

संग्रहमा अमेरिकी भावभूमिका २४ कथा रहेको सम्पादक कृष्ण कुसुमले बताए । कृति प्रकाशन शिखा बुक्सले गरेको हो ।