मिस नेवाका गर्न १७ उपसमिति

नेवा खल कास्कीको आयोजनामा मिस नेवा पोखरा ११४० हुने भएको छ । चैत ८ गते पोखरा सभागृहमा हुने प्रतियोगिताका लागि आवेदन खुला गरिएको मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगितामा १६ वर्षदेखि २२ वर्षसम्मका नेवार समुदायका युवतीले भाग लिन सक्ने छन् । इच्छुकले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन् । माघ १२ गते अडिसन हुने र माघ १७ गतेदेखि प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।

प्रतियोगिता गर्न विमल श्रेष्ठको संयोजकत्वमा १७ उपसमिति गठन गरिएको छ । जसमा सहसंयोजक तथा अर्थ व्यवस्थापन उपसमिति संयोजक विश्व बिजुक्छे, सहसंयोजक तथा सचिव संगिता बज्राचार्य, तालिम संयोजक सेलिका श्रेष्ठ, तालिम संयोजक सेलिका श्रेष्ठ, कोरियोग्राफर संयोजक सुलोचना शाक्य र कृपा श्रेष्ठ छन् ।

यस्तै, स्वयमसेवक व्यवस्थापन संयोजक नारायण श्रेष्ठ, फोटोग्राफी संयोजक अनुज देबाजु, टिकट व्यवस्थापन संयोजक बिन्दु गुभाजु तथा सहयोगी मोहरिया सिंहनाथ टोल मिसापुच परिवार, सांस्कृतिक कार्यक्रम संयोजक जितेन्द्र नापित, साउण्ड तथा हल व्यवस्थापन संयोजक प्रकाश श्रेष्ठ, ब्यानर व्यवस्थापन संयोजक रेशमबाबु श्रेष्ठ छन् ।

निर्णायक मण्डल संयोजक स्वास्तिका श्रेष्ठ, मायाको चिनो व्यवस्थापन संयोजक आनन्द श्रेष्ठ, राजेन्द्रबहादुर प्रधान, डे«स डिजाइनर संयोजक रचियता माकाजु, प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठ, श्रृंगार व्यवस्थापन संयोजक रसना श्रेष्ठ र सचिना ताम्राकार छन् ।

नेवा खल कास्कीले युवा पुस्तालाई संस्कृति हस्तान्तरण गर्ने उद्धेश्यले हरेक वर्ष गर्दै आएको प्रतियोगिता अब २ वर्षको अन्तरमा गरिने भएको छ ।

तालिममा प्रतियोगीले नेवारी भाषा, साँस्कृतिक, नाच, संगीत तथा नेवारी सभ्यताका साथै व्याक्तित्व, नेतृत्व विकासबारे प्रशिक्षण पाउने नेवा खल कास्की अध्यक्ष अशोक पालिखेले बताए । पालिखेले यो प्रतियोगिता सुन्दरी प्रतियोगिता नभई भाषा, संस्कृति जोगाउने एउटा अभियान भएको बताए । उनले भने, ‘विश्वव्यापीकरण र प्रविधिको विकाससंगै हाम्रो संस्कार, संस्कृतिमा पनि केही चुनौती थपिएका छन, तर हामीले संस्कार भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

मिस नेवामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ४०, २५ र १५ हजार नगदसहित प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् । प्रतियोगितामा अन्य टाइटल विजेतालाई पनि पुरस्कारको व्यवस्था छ ।

उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस, मस्ट ट्यालेन्ट, बेस्ट पर्सनालिटी, बेस्ट फे्रन्डली, बेस्ट स्माइल र फोटोजेनिकलाई समान ५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।