नेपाल क्युकोसिन कानमा ४८ लाई पदक

नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुसिन कान प्रतियोगिता २०७६ भएको छ । पुरुषतर्फको खेलमा २५ केजी तौल समूहमा शालिन केसी पहिलो, सत्कार प्रतेल दोस्रो, प्रमेश मगर र नसिब थापामगर तेस्रो भए ।

३० केजी तौल समूहमा रोहन आचार्य पहिलो, अविशेक तामाङ दोस्रो, सोबिन प्रतेल र प्रनिल श्रेष्ठ तेस्रा भएका छन् । ३५ केजी तौल समूहमा रोशन गुरुङ पहिलो, रकान्त मगर दोस्रो, विद्यान घिमिरे र निशेश थापा मगर तेस्रा बने । ४० केजी तौल समूहमा राजन पोख्रेल पहिलो, सुदीप तिमिल्सिना दोस्रो, आदित्य मल्ल र निराजन खत्री तेस्रो भए । ४५ केज तौल समूहमा राजेश गौतम पहिलो, राजन विक दोस्रो, मिराज परियार र सितल कुमाल तेस्रो बने ।

५० केजी तौल समूहमा युवराज गुरुङ पहिलो, सुमित सिग्देल दोस्रो, सम्राट सेन र संगम श्रेष्ठले तेस्रो पदक जिते । ५५ केजीमा सुमन बराम पहिलो, दिपेश गुरुङ दोस्रो, अंकित गुरुङ र ह्ुमन मस्याङ्ी तेस्रो भए । खुला तौल समूहमा गोविन्द रोका पहिलो, संगम गुरुङ दोस्रो, गणेश अधिकारी र नवराज गुरुङ तेस्रा भए ।

महिलातर्फको खेलमा ४० केजीमा मातृका शाही पहिलो, ज्याक्सिना क्षेत्री दोस्रो, ललिता छत्याल र अंशु कार्की तेस्रो बने ।४५ केजी तौल समूहमा मनिषा तामाङ पहिलो, सर्वधा पौडेल दोस्रो, सिम्रन खत्री र पुष्पा बिसी तेस्रो भए । ५० तौल समूहमा सरगम कुमाल पहिलो, सदीक्षा कुमाल दोस्रो, सीता विक र ममत पौडेल तेस्रो भए । खुला तौल समूहमा युनिका शेरचन पहिलो, रचना मगर दोस्रो, सृजना पुन र रुवी क्षेत्री तेस्रो भए ।

प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सिल्ड, मेडल र प्रमाणपत्रबाट सम्मान गरियो । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, नेपाल क्युकोसिन कान कराँते संघ केन्द्रीय अध्यक्ष विनय मल्ल, नेपाल क्युकोसिन कान कराँते संघ केन्द्रीय प्रशिक्षण राजेन्द्र सुवेदी, नेपाल क्युकोसिन कान कराँते संघ कास्की अध्यक्ष बेलबहादुर थापा, नेपाल क्युकोसिन कान कराँते संघ गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्री लगायतले खेलाडीलाई सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

पोखरा मंगलबार र ढुंगेसाँघुमा बुधबार भएको प्रतियोगितामा गण्डकी प्रदेशका १ सय ५० भन्दाबढी खेलाडी सहभागी थिए ।