कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष कृष्णबहादुर खड्का भारतको बहराइचमा मृत अवस्थामा फेला परेका छन्।
अहिले विद्यार्थी नेता तथा प्रदेश कमिटीका सदस्य नरेन्द्र न्यौपानेको नेतृत्वमा एउटा टोली भारत जाने तयारीमा रहेको नेकपा बाँकेका अध्यक्ष आईपी खरेलले नेपालखबरलाई बताए।
उनले वडाध्यक्ष खड्का मृत अवस्थामा फेला परेको सूचना पाएपछि न्यौपानेलाई भारत पठाउन लागिएको बताए। उनका अनुसार भारतीय प्रहरीले खड्काले आत्महत्या गरेको प्रारम्भीक जानकारी नेपाली सुरक्षा अधिकारीलाई गराएको बताए।
परिवारले भने खड्का सुर्खेतको मेहलकुना जान भनी मंगलबार बिहान घरबाट निस्केको र त्यसपछि सम्पर्कमा नआएको बताएका छन्।






