काश्मीरमा हिमपहिरो, ८२ जनाको मृत्यु

काश्मीरमा हिमपहिरोमा परी ५९ जनाको मृत्यु, जम्मा मृत्यु हुनेको संख्या ८२  पुग्यो

पाकिस्तानमा वर्षा, हिमपात र हिमपहिरोमा परी मृत्यु हुनेको संख्या ८२ पुगेको छ । पाकिस्तान प्रशासित काश्मीरमा गएको हिमपहिरोमा मात्र ५९ जना पाकिस्तानीले ज्यान गुमाएका छन् । 

पाकिस्तानी अधिकारीका अनुसार दर्जनौं घाइते छन् भने केही घाइते भएका छन् । पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरण (एनडीएमए) ले देशभर वर्षा र हिमपात जारी रहेकोले मृत्यु हुने र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरेको छ । 

पाकिस्तानको सबभन्दा बढी काश्मीर क्षेत्र प्रभावित भएको छ । त्यसैगरी बलुचिस्तानमा मात्र २० जनाले ज्यान गुमाएका छन् भने ११ जना घाइते भएका छन् । 

प्रधानमन्त्री इमरान खानले ट्विटरमार्फत एनडीएमए, सेना र संघीय मन्त्रालयहरुलाई तत्काल उद्धार, राहत र पुनर्स्थापना गर्न निर्देशन दिएका छन् । 

काश्मीरमा ५२ घर र १७ पसहरु हिम पहिरोमा पुरिएका छन् भने केही मस्जिदहहरुमा आंशिक क्षति भएको छ । 

पाकिस्तानमा तीन दिनदेखी वर्षा र हिमपात जारी छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षा र चिसो अझै बढ्नेछ । 

त्यसैगरी भारत प्रशासित काश्मिरमा पाँच भारतीय सेनाको मृत्यु भएको छ भने एकजना बेपत्ता छन् । 

वर्षा र हिमपातको प्रभाव अफगानिस्तानमा पनि व्यापक छ । अफगानिस्तानमा बाढी, पहिरो र हिमपातमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । 

सन् २०१२ मा उक्त क्षेत्रमा गएको हिम पहिरोमा परी पाकिस्तानी बटालियन हेडक्वार्टर नै पुरिँदा १२४ सेना र ११ सर्वसाधारणको मृत्यु भएको थियो ।