ताजा समाचार

पौष २९ गते २०७६

गण्डकी प्रदेशस्तरीय कराँते प्रतियोगिता सुरु

नेपाल क्युकोसिन कान कराँते संघ कास्की शाखाको आयोजनामा १९ औं माछापुच्छ«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट तथा प्रथम नेपाल क्योकुशिन कान प्रतियोगिता २०७६ शुरु भएको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले उदघाटन गरे ।

मेयर जिसीले पोखरा पर्यटनसँगै खेलकुदको हब भएको उल्लेख गर्दै खेलकुदबाटै पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए । उनले खेलाडीलाई खेलकुदबाटै बाँच्न सक्ने तर्फ ध्यान दिनुपर्ने औल्याउँदै राज्यले त्यस तर्फ विशेष पहलकदमी गर्नुपर्ने बताए ।

शुरु भएको प्रतियोगितामा मंगलबार छनोट चरणका खेलहरु हुने छन् । फाइनल खेल बुधबार पोखरा–१७ धामिर्कस्थल ढुंगेसाँघुमा हुने छन् । प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, स्याङ्जा, तनहुँ, बाग्लुङ, म्यादी लगायतका जिल्लाबाट १ सय ५० भन्दा खेलाडी सहभागी भएका छन् । पुरुषतर्फ २५, ३० ३५, ४०, ४५, ५०, ५५ केजी मुनी र खुला तौल समूहमा प्रतिस्पर्धा गराईने प्रतियोगिताका संयोजक दानबहादुर क्षत्रीले सुनाए ।

महिलातर्फ ४०, ४५, ५० र खुला तौल समूहमा प्रतिस्पर्धा गराईने छ । प्रतियोगिताको सेमिफइनल र फाईनल खेल ुधबार हुने नेपाल क्योकुशिन कान कराते संघ कास्कीका अध्यक्ष बेल बहादुर थापाले जानकारी दिए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई सिल्ड, मेडल प्रमाणपत्र र खादाले सम्मान गरिने छ । क्षत्रीले १९ औं माछापुच्छ«े गण्डकी प्रदेश स्तरीय फुल कन्ट्याक्ट कराँते प्रतियोगिता एतिहासिक भएको दावी समेत गरे ।

नेपाल क्युकोसिन कान कराँते संघ कास्की अन्तर्गत पोखरा रंगशाला, पृथ्वीनारायण क्याम्पस, लेखनाथका रंगशाला, भण्डाढिक, गगनगौंडा, बागमारा प्रशिक्षण दिदै आएको संघले जनाएको छ । प्रतियोगिता आयोजना गर्न ५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताबाट २ लाख रुपैयाँ बचत अपेक्षा रहेको छ ।

kheladinews.com