भारतबाट चोरेर ल्याएको १ करोडसहित ३ पक्राउ


भारतबाट चोरी गरी ल्याएको १ करोड रुपैयाँसहित प्रहरीले कैलालीमा ३ जनालाई पक्राउ गरेको छ ।

भारतको दिल्लीबाट चोरी गरेको ल्याएको ६५ लाख भारतीय रुपैयाँ १ करोड ४ लाख नेपाली रुपैयाँ सहित जिल्ला प्रहरी कार्यालय कैलालीले बाजुराको बुढीगंगा नगरपालिका १, डुङ्ग्रीका जहर सिंह थापा, सोही ठाउँकी मनाकुमारी खड्का , कैलालीको गौरिगंगा नगरपालिका २ की बिन्दाकुमारी थापालाई पक्राउ गरेको हो ।

भारतको दिल्ली निवासी विश्वेश्वर अग्रवालको कार्यालयबाट गरगहना र नगद चोरी भएको भारतीय राजदूतावासले जनाएपछि कैलाली प्रहरीले उनीहरूको खोजी सुरु गरेको थियो ।

प्रहरीले कैलालीको गौरिगंगा २ मा बिन्दाकुमारी थापा ९रावल० को कच्ची घर कोठाभित्र पुरेर लुकाइरहेको अवस्थामा ६५ लाख भारतीय रुपैयाँ सहित बरामद गरेको हो ।

अग्रवालले सुनका गरगहनासहित १ करोड ४ लाख भारतीय रुपैयाँ चोरी गरेको आरोप लगाएका छन् । प्रहरीले भने अहिलेसम्म ६५ लाख भारतीय रुपैयाँ मात्रै बरामद गरेको छ । चोरी भएको गहना र अन्य रकम खोजीका लागि आवश्यक अनुसन्धान गरिरहेक प्रहरीले जनाएको छ ।


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं