विश्व बरियतामा प्रिन्सको छलाङ

नेपालका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालले विश्व बरियतामा छलाङ मारेका छन् ।

विश्व ब्याडमिन्टन महासङ्घले आज सार्वजनिक गरेको विश्व बरियतामा प्रिन्स ११औँ स्थानमा उक्लिएका हुन्।प्रिन्सले प्राप्त गरेको बरियता हालसम्म ब्याडमिन्टनमा नेपाली खेलाडीले हासिल गरेको उत्कृष्ट नतिजा हो ।

प्रिन्स गत साताको वरियतामा १४ औं स्थानमा थिए। अघिल्लो साता उनी ३२ औं स्थानबाट १४ औं स्थानमा पुगेका उक्लिएका थिए।

गत सेप्टेम्बरमा संयुक्त अरब इमिरेट्स ९युएई०मा सम्पन्न दुबई इन्टरनेशनल सिरिजको उपाधि जितेपछि उनको बरियतामा उल्लेख्य सुधार भएको हो । ब्याडमिन्टनको जुनियरतर्फको बरियतामा फ्रान्सका क्रिस्टो पोपोभ शीर्ष स्थानमाछन् भने चीनका लिउ लियाङ बरियताको दोस्रो स्थानमा छन् ।