विष खुवाइ २ छोराको हत्या गर्ने आमालाई जन्मकैद

आफ्नै दुई छोराहरूलाई विष खुवाई हत्या गरेको अभियोगमा दैलेख जिल्ला अदालतले एक महिलालाई जन्मकैदको फैसला सुनाएको छ ।

महाबु गाउँपालिका १ खरिगैराकी २४ वर्षीया कल्पना नेपालीलाई आफ्नै छोरालाई विष खुवाइ हत्या गरेको अभियोगमा जिल्ला अदालत दैलेखका न्यायधीस दण्डपाणी लामि छानेको ईजलासले सोमबार जन्म कैदको फैसला सुनाएको हो ।

कल्पनाले ७५ कात्तिक १० गते दिउँसोको खाजा खाने समयमा खाजामा विष मिसाई आफ्नै नावालक दुई छोरालाई खुवाई हत्या गरेका थिए ।

विष खुवाएका जेठो छोरा ७ वर्षिया आयुष नेपालिको उपचारका लागि बाटोमा ल्याउँदै गर्दा मृत्यु भएको थियो भने कान्छो छोरा ३ वर्षीया अमित नेपालीको कात्तिक १५ गते उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु थियो।