ताजा समाचार

पौष २९ गते २०७६

स्रोत नखुलेको ९ लाख ९९ हजारसहित २ पक्राउ

स्रोत  नखुलेको ९ लाख ९९ हजार रुपैयाँ सहित २ जनाले पक्राउ परेका छन् ।

पर्सा हिपरमाई गाउँपालिका-८ घर भएका २१ वर्षीय कृष्ण यादव र चितवन भरतपुर महानगरपालिका-१६ घर भएका ३८ वर्षीय राजु पौडेल चन्द्रागिरी नगरपालिका २ नागढुङ्गाबाट पक्राउ परेका हुन् ।

काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा।२ ज ४८०२ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा ट्याक्सीमा सवार पौडेलको साथमा उक्त नगद फेला पारी उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।