साताको तेस्रो दिन मंगलबार सुनको मूल्य ८०० रुपैँयाले घटेको छ ।
हिजो ७४ हजार ८०० रुपियाँमा कारोबार भएको छापावाला सुन आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तोलामा ७४ हजार ५०० रुपैयाँमा कारोबार भएको तेजावी सुन मंगलबार प्रतितोला ७३ हजार ७०० सय रुपियाँमा कारोबार भएको छ ।
त्यस्तै, चाँदीको मूल्य १० रुपियाँले घटेर ८८० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ ।




