एनसेलका २ टावरमा आगजनी

काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति अज्ञात समुहद्धारा आगजनी भएको हो ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ । आगजनी कस्ले गरेको भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।