रोग निको पार्ने आश्वसनमा पाष्टरद्धारा बलात्कार

आफूसँग यौन सम्पर्क राखे रोग निको हुने आश्वसन देखाएर महिलालाई जबरजस्तीकरणी गरेका अभियोगमा पाष्टर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको कुसुन्तीमा रहेको आशा विश्वासी मण्डली चर्चका पाष्टर ध्रुवबाबु भनिने विश्वास जोशी छन् ।

पछिल्लो पटक चापागाउँको एक गेष्ट हाउसमा बोलाएर उनले जबरजस्तीकरणी गरेको पीडित महिलाले उजुरीले दिएपछि उनलाई पक्राउ गरिएको हो ।

उनले नराम्रा काम गरेकाले रोग लागेको बताउँदै आफूसँग शारीरिक सम्बन्ध राख्दा पाप नष्ट हुने र सम्बन्धबारे कसैसँग भने परमेश्वरले दिएको शक्ति नष्ट हुने भन्दै उनले धम्की समेत दिएको जनाइएको छ ।

पहिलो पटक महिलाले जोशीको विश्वासमा परेर उनले भनेअनुसार गरे पनि पटकपटक सम्बन्ध राख्न खोज्दा यो प्रकरण बाहिर आएको प्रहरीले जनाएको छ ।

महिलाको उजुरीपछि पक्राउ गरेर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर, ललितपुरका डीएसपी सन्तोष तामाङले बताएका छन् ।