आहा रारालाई मनाङेको साथ

गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले १८ औं संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगितालाई सहयोग गरेका छन् ।

२ वर्षदेखि सहयोग गर्दै आएका सांसद गुरुङले यस वर्ष पनि प्रदेश सांसदका हैसियतमा प्राप्त सेवा सुविधा वापतको ५० हजार रुपैयाँ सहारा क्लबलाई सहयोग गरेका हुन् ।

सांसद गुरुङका निजी सचिव रोनित गुरुङले उक्त रकम क्लबका अध्यक्ष केशवबहादुर थापालाई आइतबार हस्तान्तरण गरे । पोखरा १७ दोबिल्लामा रहेको सहारा एकेडेमीको अवलोकन पश्चात उनले रकम हस्तान्तरण गर्दै सामाजिक कार्यमा लाग्दै आएको क्लबको प्रशंसा गरे ।

आउँदो फागुनको तेस्रो सातादेखि आहा रारा गोल्ड कप पोखरामा हुने भएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए । उनका अनुसार सहारा एकेडेमीमा हाल १२ जिल्लाका २४ जना बालक छन् ।