ताजा समाचार

पौष २८ गते २०७६

मन्दिर बनाउन महायज्ञ

अन्नपूर्ण गाउँपालिका ३ पाउँदुर, धारापानीस्थित शिवालय मन्दिरको विकास गर्न शिवमहापुराण धनधाञ्यान्चल महायज्ञको तयारी गरिएको छ । आगामी माघ १० गतेदेखि १८ गतेसम्म हुने महायज्ञबाट संकलित रकम मन्दिरको सम्पूर्ण विकासमा खर्चने मूल आयोजक समितिले जनाएको छ ।

सोमवार आयोजित पत्रकार सम्मेलनमा यज्ञका प्रमुख वाचक पण्डित कमलनयन गौतमले पञ्चासेको मूल प्रवेशद्वारका रुपमा पाउँदुर शिवालयलाई चिनाउनुपर्नेमा जोड दिए ।

उनले यज्ञ स्वयं भगवानको स्वरुप भएकाले सफल हुने विश्वास व्यक्त गरे । धारापानी शिवालयलाई प्राचिन शक्तिपिठको संज्ञा दिँदै प्रमुख वाचक गौतमले यज्ञमार्फत् धार्मिक पर्यटन विकासमा टेवा पुग्ने बताए । विकासका लागि हुने यज्ञले विनासका बाटोलाई पछि पार्नेमा जोड दिए ।

मूल आयोजक समितिका अध्यक्ष रामचन्द्र पौडेलले यज्ञको तयारीमा जुटेको जानकारी दिँदै धार्मिक जागरणमा सहयोग पुग्ने धारणा राखे । उनले यज्ञमा छिमेकी पालिकासँगको समन्वयले थप प्रभावकारी हुनेमा जोड दिए । महासचिव हरिप्रसाद शर्माले व्यक्तिगत स्वार्थका लागि यज्ञ गर्न नलागेको बताउँदै यज्ञको महत्व दिनप्रतिदिन बढ्दै गएको उल्लेख गरे ।

यज्ञमार्फत् संकलित रकमबाट मन्दिरको पुनर्निर्माण गर्ने, नियमित पुजाका लागि अक्षयकोष स्थापना गर्ने, बहुउद्देश्यीय धर्मशाला बनाउने, अन्नपूर्ण माताको मन्दिर निर्माण गर्ने, मूल प्रवेशद्वार निर्माणगरी मन्दिर परिषरमा पक्की पर्खाल लगाउने तथा पर्यटन वर्ष २०२० लाई सघाउँदै धार्मिक पर्यटनका टेवा पु¥याउने लक्ष्य लिएको बताए ।

शिवालय मन्दिर १ हजार ८ स्वामी स्वर्गद्वारी प्रभु महाराजले विसं १९६५ सालमा स्वर्गद्वारीबाट प्रसादको रुपमा शिवलिङ ल्याई स्थापना गरेको जनविश्वास छ।