ताजा समाचार

पौष २८ गते २०७६

च्यासल र एपिएफ गोलरहित बराबरीमा

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले गोलरहित बराबरी खेलेका छन्।

सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा दुवै टिमले अन्तिम समय सम्म गोल गर्न नसकेपछि बराबरी भएको हो।

६ खेलमा १ जित २ हार र ३ बराबरी खेलेको च्यासल ६ अंकसहित १०औँ स्थानमा छ भने ६ खेलमा १ जित ३ हार र २ बराबरी खेलेको एपिएफ ५ अंकसहित खेलको ११ औँ स्थानमा छ।