जग्गा नापजाँच गर्दा घुस लिएको आरोपमा नापी सर्वेक्षक पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ७ हजार रुपैयाँ घुससहित नापी कार्यालय बेलबारीका अमिन दिनेशकुमार शाहलाई पक्राउ गरेको हो ।
मोरङको बेलबारी नगरपालिका १० भाउन्नेका स्थानीयको जग्गा नापी गरी सीमाङ्कन गर्न साहले सात हजार रुपैयाँ घुस मागेको सूचना पाएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयको टोलीले पक्राउ गरेको अख्तियार इटहरीका प्रवक्ता ज्ञानेन्द्र ढकालले जानकारी दिएका छन् ।
साहलाई अनुसन्धानका लागि अख्तियारको हिरासतमा राखिएको छ ।






