सुरुङ्गा नगरपालिका १ का वडाध्यक्षको मृत्यु

सप्तरीको सुरुङ्गा नगरपालिका–१ का अध्यक्ष मुक्ति कार्कीको मृत्यु भएको छ।केही समयदेखि अस्वस्थ रहँदै आएका कार्कीको ५५ वर्षको उमेरमा आइतवार साँझ मृत्यु भएको हो ।

वडाध्यक्षको निधन भएपछि शोक मनाउन सोमबार नगरपालिका र मातहतका कार्यालयमा बिदा गरिएको गरपालिकाका मेयर मुक्तिनाथ चौधरीले जानकारी दिएका छन् ।

गत स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट वडध्यक्षमा निर्वाचित कार्कीको सोमबार अन्त्येष्टि गरिएको छ ।