‘युरोप पठाइदिन्छु’ भन्दै ठगी गर्ने शिवानन्द स्वामी बाबाबाट चिनिने दिपक भण्डारी पक्राउ परेका छन्।
युरोप लगिदिन्छु भन्दै ४ जनाबाट ४० लाख बढी ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंबाट पक्राउ गरेको हो।
उनीविरूद्ध ५ जनाको उजुरी परेपछि सोमबार बिहान प्रहरीले पक्राउ गरेको एसएसपी सहकुल थापाले जानकारी दिए।
स्थायी घर गुल्मी भएका भन्डारी टौदहमा आश्रम निर्माण गरेर बस्दै आएका थिए।






