अभियन्ता दिलीपको परिवारलाई प्रदेश सरकारले ५ लाख दिने

टिपरले किचेर हत्या गरिएका दिलीप (ओमप्रकाश) महतोको परिवारलाई प्रदेश २ सरकारले ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सोमबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मृतक दिलीपका परिवारलाई ५ लाख रुपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।

अवैधरुपमा खोला बालुवा, गिट्टी उत्खननको विरोध गर्ने धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलीपकुमारको क्रसर संचालाक विपीन महतो लगायतले गएको शुक्रवार विहान गाडीको लिभरले हानेर घाइते बनाई खोलामा सुताएर टाउकोमै टिपर चढाएर हत्या गरेका थिए ।

हत्याको आरोपमा प्रहरीले क्रसर संचालक विपिन कुमार महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक जितेन्द्र कुमार महतो र किसान रोशन कुमार यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।