सीमा बचाआंै अभियान पोखराले आइतबार सीमा रक्षाका लागि दबावमूलक ¥याली निकालेको छ । भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र आफ्नो नक्सामा समेटेर नयाँ नक्सा जारी गरेको विरोधमा राष्ट्रिय एकता दिवसको अवसर पारेर कार्यक्रम गरिएको हो ।
पृथ्वीचोकदेखि अमरसिंहचोकसम्म सचेतनामूलक ¥याली निकालिएको हो । अभियान संयोजक रामबहादुर पौडेलले सीमा रक्षाका लागि दबाब दिन कार्यक्रम गरिएको बताए । उनले सरकार वक्तव्य निकाल्न सिमित भएको भन्दै सार्थक कूटनीतिक पहल जरुरी भएकोमा जोड दिए ।
वरिष्ठ अधिवक्ता तिलक पराजुलीले नेपालले आफ्ना भूमी लिम्पीयाधुरा, कालापानी र लिपुलेकलाई समेटेर छुट्टै नक्सा बनाएर सार्वजनिक गर्नुपर्ने विचार राखे ।






