प्रदेश नम्बर ३ को राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको छ ।
प्रदेशसभामा आइतबार भएको मतदानमा हेटौंडाको पक्षमा १०५ मत र विपक्ष धुलिखेल राख्नुपर्ने मा ३ मतसहित राजधानी मकवानपुरको हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभा बैठकबाट पारित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए।
दुईतिहाइ रहेको सत्तारुढ नेकपासहित मुख्य दलले राजधानी हेटौंडाको पक्षमा मतदान गरेको हो।






