अफिन गण्डकी अध्यक्षमा फेरि अशोक

निजी अस्पतालको छाता संगठन एसोसिएसन अफ प्राइभेट हेल्थ इन्टिच्यूट अफ नेपाल गण्डकी प्रदेशको शनिबार भएको प्रथम अधिवेसनले अशोक पालिखेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्ष्यमा डा. गिरीधारी शर्मा, सचिवमा ऋषि खतिवडा र कोषाध्यक्षमा डा पूजन शर्मा छन् । समितिका सदस्यमा कपिल पोख्रेल, विश्व घिमिरे, तुलबहादुर राना, डा सन्दिप गोर्खाली, डा छविलाल थापा, शोभाकान्त पौडेल र सुशील पौडेल छन् । सल्लाहकारमा डा पदमबहादुर खड्का, डा भरतबहादुर खत्री, डा प्रेमबहादुर पुन र डा ऋषिराम ढकाल छन् ।

नवगठित समितिले गण्डकी प्रदेशका ११ वटै जिल्लाको प्रतिनिधित्व गर्ने सचिव ऋषि खतिवडाले बताए ।

यसअघि कार्यक्रममा अफिनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष कुमार थापाले अफिन गण्डकीले निजी अस्पतालको हकहितका लागि उदाहरणीय काम गर्न सक्नुपर्ने धारणा राखे । अहिले पनि निजी अस्पताल र यसमा काम गर्ने जनशक्तिमा निकै समस्या रहेको बताउदै थापाले ती समस्यालाई नवगठित समितिको नेतृत्वमा समाधानको प्रयास हुनुपर्ने सुझाव दिए ।

अफिनका केन्द्रीय उपाध्यक्ष हरिप्रसाद रिजालले सरकारले निजी क्षेत्रसंग सम्बन्धित नीति, नियमलाई अझै व्यवस्थित गरेर लैजानुपर्ने बताए । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले समग्र स्वास्थ्य सेवाको विकासका लागि निजी संस्थाले पनि सरकारी निकायसंग हातेमालो गरेर अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

नवनिर्वाचित अध्यक्ष अशोक पालिखेले निजी अस्पतालका संचालकहरु संगठित हुनुनपर्ने आवश्यकता औंल्याए । उनले प्रदेशका सबै अस्पताल र तिनका सञ्चालकलाई अफिन गण्डकीमा आबद्ध हुन आग्रहसमेत गरे ।