पुस २६ देखि ब्याडमिन्टन प्रतियोगिता


नेपाल मगर संघ कास्कीले माघे संक्रान्तिका अवसरमा अन्तर इकाइ ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता पुस २६ देखि २८ गतेसम्म हुनेछ ।

प्रतियोगिता संयोजक एवं नेपाल मगर संघ, कास्कीका युवा तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख दिनेश रोकामगरले प्रतियोगितामा ३५ टिम सहभागी हुने जानकारी दिए ।

नेपाल मगर संघ, कास्कीको कभर्डहलमा हुने प्रतियोगितामा ३५ टिमको सहभागी हुने संयोजक रोकामगरले बताउनुभयो । प्रतियोगिता युवा, प्रौढ तथा महिला गरी उमेर समूह र लैंगिक आधारमा वर्गीकरण गरिएको प्रतियोगिता सहसंयोजक एवं संगठन विभाग प्रमुख भक्तबहादुर पुनमगरले बताए ।

प्रतियोगितामा युवा तथा प्रौढतर्फ प्रथम र द्वितीय हुनेले क्रमश ८ हजार र ५ हजार प्राप्त गर्नेछन् । महिलातर्फ प्रथम र द्वितीय पुरस्कार ५ हजार र ३ हजार रहेको सहसंयोजक पुनमगरले जानकारी दिए ।