सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्बलले सरस्वती युथ क्लबलाई पराजित गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको खेलमा आर्मी क्बलले सरस्वती युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
आर्मीका लागि जर्ज प्रिन्स कार्कीले खेलको ३० औँ मिनेटमा गोल गर्दै जित दिलाएका हुन् ।
जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आर्मीले ५ खेलमा १२ अंक जोडेको छ भने मनाङ मर्स्याङ्दी क्ब ५ खेलमा ११ अंकसहित लदोस्रो स्थानमा रहेको छ र ५ खेलमा नै १० अंक रहेको मछिन्द्र क्बल तेस्रो स्थानमा छन्।




