स्काभेटर दुर्घटना हुँदा २ को मृत्यु

काभ्रेमा स्काभेटर दुर्घटना हुदाँ २ जनाको मृत्यु भएको छ ।

पाटीखर्कबाट ख्याकु जाने बाटो निर्माण गर्ने क्रममा स्काभेटर पनौती ११ थुम्कीमा सडकबाट ३०० मिटर तल सलान्दु खोलामा खस्दा २ बालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा पनौती नगरपालिका ११ का १४ वर्षीय राउत केसी र सिन्धुपाल्चोक घर भइ हाल पनौती ११ मा दिदीको घरमा बस्दै आएका अर्का बालक १५ वर्षीय रोशन भण्डारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्काभेटर चालक पनौती ७ का जीवन ताम्राकार गम्भीर घाइते भएको को प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि धुलिखेल लगिएको प्रहरीले जनाएको छ।