एपिएफमाथि संकटाको सहज जित

शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लबले विभागीय टिम एपिएफलाई पराजित गरेको छ ।

विहिबार बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सम्पन्न खेलमा संकटाले एपिएफलाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

संकटाको जितमा अजय मार्टिन्स कायोडेले दुई गोल गरे भने लक्ष्मण रुचाल, कर्ण बहादुर सुब्बाले एक एक गोल गरेका थिए ।त्यस्तै एपिएफका लागि नवीन लामा र आशिष लामाले एक एक गोल गरेका थिए ।

खेलको १९औं मिनेटमा लक्ष्मणले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए। खेलको ४४औं मिनेटमा कर्णले गोल गरेपछि संकटा पहिलो हाफसम्म २–० गोलले अघि रहेको थियो।

खेलको ५३औं मिनेटमा अजयले गोल गर्दै संकटालाई ३–० गोलको अग्रता दिलाए। खेलको ५६ औं मिनेटमा एपिएफको नविनले १ गोल र्फकाए । ७२ औं मिनेटमा आशिषले गोल गरेपछि एपिएफ ३–२ गोलको स्थितिमा पुगेको थियो । खेलको ८८औं मिनेटमा अजयले अर्को गोल गर्दै संकटालाई ४–२ गोलको जित दिलाएका हुन् ।

यो जितसँगै संकटाको लिगमा ५ खेलमा ७ अंक जोड्दै लिगको सातौ स्थानमा उक्लिएको छ भने एपीएफको ५ खेलमा ४ अंक जोडेको छ ।