बालिका बलात्कारको आरोपमा १ जना पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा मेलम्ची नगरपालिका–३ बस्ने २४ वर्षीय सरोज विकलाई बुधबार साँझ हानगरीय प्रहरी वृत्त ठिमी, भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

सिन्धुपाल्चोकस्थित आफ्नै घरमा लगेर ललाईफकाई जबरजस्ती करणी गरेको भनी पीडित बालिकाको आफन्तको उजुरीको आधारमा पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ।