बोलेरो दुर्घटनामा २ को मृत्यु ४ घाइते

उदयपुरको ताप्ली गाँउपालिका–२ धपेनीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् ।

बुधबार साँझ रामपुरझिल्केबाट बछाङ्ग जाँदै गरेको मे १ ज २६६२ नम्बरको जीप दुर्घटना हुँदा ताप्ली गाउँपालिका २ लेखगाउँ बस्ने २६ वर्षिय मिलन राई र झापा जिल्ला विर्तामोड बस्ने अन्दाजी ३३ वर्षिय महेन्द्र राईको मृत्यु भएको हो ।

दुर्घटनामा परी ताप्ली गाउँपालिका २ लेखगाउँका २७ वर्षिय बाबु राई र ४० वर्षिय रसमाया राई ,चालक २१ वर्षिय कोमल राज मगर, ३२ वर्षिय मोतिलाल राई घाइते भएका छ।

घाइतेको कटारी अस्पतालमा उपचारका भइरहेको प्रहरीले जनाएको छ ।