आफ्नो मोबाइलको फोन उठाएको भन्दै श्रीमतीको हत्या

सुनसरीको हरिनगर गाउँपालिका ५ वसन्तपुरमा आफ्नो मोबाइलमा आएको फोन उठाएको भन्दै श्रीमतीको हत्या गरेका छन् ।

२५ वर्षीय श्रीमान्स सन्तकुमार मेहताले आफ्नो मोबाइल उठाएको आरोपमा २१ वर्षीया पूजादेवी मेहताको कुटपिट गरी हत्या गरेका हुन्।

गत पुस २१ गते साँझ सन्तकुमार अर्कै केटीसँग फोनमा कुरा गर्न पल्केकाले पतिको मोबाइलमा फोन आएको र उठाएको कारणबाटै ज्वाइँले नै छोरीको हत्या गरेको मृतकका बुवा शिवनारायण महेताले बताएका छन्।

सन्तकुमारले भने श्रीमतीले विष खाएर आत्महत्या गरेको दाबी गरेका छन्।

शवको पोस्टमार्टमा रिपोर्ट आएपछि हत्या वा आत्महत्या के हो खुल्ने सुनसरी प्रहरीले जनाएको छ।