चार्टर नाइटमा हरिहर आश्रमलाई पिस टाउनको सहयोग

लायन्स क्लब अफ पोखरा पिस टाउनले रचनात्मक काम गरी चार्टर नाइट मनाएको छ । आफ्नो सातौं चार्टर नाइटमा पिस टाउनले हरिहर गुफा आश्रमलाई खाद्यान्न र न्यानो कपडा वितरण गरेको हो ।

क्लबकी सचिव शोभा पौडेल र उनका श्रीमान् नवराज पौडेलले बुबा शेषमणि पौडेलको २५ औं पुण्यतिथिमा आश्रमलाई १ वर्षका लागि पुग्ने खाद्यान्न र केही कपडा वितरण वितरण गरेका हुन् ।

कार्यक्रममा लायन्स ३२५ बि १ का डिस्टिक सेक्रेटरी विनोद ढुंगानाले पिस टाउनले सामाजिक गतिविधि गरी डिस्टिकमा उदाहरणीय बनेको बताए । उनले भने, ‘यो प्रशंसनीय काम हो । धेरैले चार्टर नाइट मनाउन यसको सिको गर्नुपर्छ ।’

क्लबकी अध्यक्ष गीता कार्कीले सामाजिक काम गरी वृद्धवृद्धासँग क्लबको उत्सव मनाउन खुसीको कुरा भएको बताइन् । उनले सभ्यता र विकास अघिल्लो पुस्ताबाट पछिल्लो पुस्तामा सर्ने जनाउँदै वृद्धवृद्धालाई परिवारले नै उचित हेरचाह गर्नुपर्ने त्यसो नभए समाज र राज्यले यसको जिम्मा हुनुपर्ने विचार राखिन् ।

कार्यक्रममा डिस्टिक डिपार्टमेन्ट चिफ सुदीपराज ढुंगाना, डिस्टिक डिपार्टमेन्ट अफिसर टंकराज अधिकारी, जोन चेयर पर्सन साल्बी बास्तोला, रिजन चेयर पर्सन कल्पना श्रेष्ठ, संस्थापक अध्यक्ष नारायणी कोइराला, प्रथम उपाध्यक्ष सरला तिमिल्सिना, सचिव शोभा पौडेल लगायतले बोलेका थिए ।