सशस्त्र प्रहरीबाट कुटिए विद्युत् प्राधिकरणका कर्मचारी

सशस्त्र प्रहरीले नेपाल विद्युत् प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइट टोलीमाथि कुटपिट गरेको छ ।

मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक ९सई० प्रवीण राई र हवल्दार छवीन्द्र राईले मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै गरेका प्राधिकरणका २ कर्मचारीसूर्यबहादुर खत्री र सुवास खड्कामाथि कुटपिट गरेका हुन् ।

कुटपिटबाट खत्रीको हातको बूढीऔंला भाँचिएको छ भने सुवास खड्काको मुखमा चोट लागेको छ । घाइते दुवैको अहिले अर्थोपेडिक हस्पिटलमा राखेर उपचार भइरहेको प्राधिकरण जोरपाटी वितरण केन्द्र, मूलपानी नोलाइट केन्द्रका प्रमुख रामप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पौडेलका अनुसार मर्मतको काम सकाएर प्राधिकरणकै गाडीबाट फर्किंदै गर्दा गाडी रोकेर मदिराले मात्तिएका सशस्त्रका २ प्रहरीले आक्रमण गरेका थिए ।

कुटपिट गर्ने प्रहरीले भने प्राधिकरणको गाडीले ठक्कर दिएपछि विवाद भएको दाबी गरेका छन् ।