मंगलबार तोलामा ५०० ले घटेको सुनको मुल्य बुधबार फेरी वुद्धि भएको छ ।
हिजो ७५ हजार ५ सय रुपैयामा कारोवार भइरहेको छापावाल सुन आज एकै दिन तोलामा १ हजारले बढेर ७६ हजार ५ सय रुपैंयामा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै हिजो ७५ हजार २ सयमा कारोबार भएको तेजावी सुन आज प्रतितोला ७६ हजार २ सयमा कारोवार भइरहेको छ ।
चाँदीको मूल्यमा पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला ९ सय २० मा कारोवार भइरहेको महासंघले बताएको छ ।




