सुलेमानीको अन्त्येष्टीमा भागदौड हुँदा ३० जनाको मृत्यु

अमेरिकी आक्रमणमा मारिएका इरानी जर्नेलको अन्त्येष्टिमा आएका लाखौैं सहभागीबीच भागदौड हुँदा ३० जनाको मृत्यु भएको छ भने थप ४८ घाइते भएका छन्।

गतसाता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा इरानका सबैभन्दा शक्तिशालीमध्ये जर्नेल कासिम सुलेमानी मारिएपछि सोमबार तेहरानमा गरिएको श्रद्धाञ्जलि सभामा १० लाख भन्दा बढि सहभागी भएका थिए।

अन्त्यष्टि सभा मारिएका जर्नेल सुलेमानीकै गृहशहर करमानमा भइरहेकै बेला भागदौड भएको अन्तर्राष्ट्रिय समाचारले जनाएको छ।