मोबाइल चार्ज गरिदिने बहानामा सामूहिक बलात्कार

सिरहाको गोलबजारमा सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

आइतबार राति एक युवतीमाथि बलात्कार गरेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिका निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतो पक्राउ परेका हुन् ।

सिरहाका १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर जबर्जस्ती करणी गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले जानकारी दिएका छन् ।

घटनापछि तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवैजनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताहो ।

पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरि अनसन्धान थालिएको प्रहरीले जनाएको छ ।