घोडा दौडमा बलबहादुर च्याम्पियन

कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न ‘२१ औं ल्होछार घलेल उत्सव २०७६’ खुल्ला घोडा दौड प्रतिस्पर्धामा नाँगीका बलबहादुर खड्का प्रथम भएका छन् । सिँदिङ घिप्लीका दुर्गा भण्डारी द्धितीय र सोही स्थानकै गोबिन्द गौतम तृतीय भए ।

खोरामुख स्थित ईदीखोलादेखि घलेल खेल मैदान सम्मको निर्धारित ७.५ किलोमिट ३३ मिनेट ३० सेकेण्डमा पार गरी च्याम्पियन बनेका खड्कालाई नगद १५ हजार रुपैयाँ प्रदान गरियो । खेल संयोजक कृष्ण गुरुङका अनुसार ३३ मिनेट ३३ सेकेण्डमा पार गरी दोस्रो स्थान हाँसिल गरेका भण्डारीले नगद रु १० हजार हात पारे भने तृतीय बनेका गौतमले ३४ मिनेट १२ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नगद रु ५ हजारको हकदार बनेका थिए ।

महिला मेच घुमाई तर्फ सर्मिला गुरुङ प्रथम र सिमा गुरुङ द्धित्तिय बन्दै आकर्षक पुरस्कार प्राप्त गरिन् । भने घैटो फुटाउने खेल तर्फ गोबिन्द गौतम बिजयी बने । त्यसैगरी सटफुट छेलो तर्फ अर्जुन क्षेत्री च्याम्पियन बने भने शुशिल क्षेत्री दोस्रो बन्दै आकर्षक पुरस्कार प्राप्त गरे । उत्वसमा सञ्चालित विभिन्न प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमका खेलाडीहरुलाई गण्डकी प्रदेश सभा सदस्य रामजी बराल (जीवन), माछापुच्छ्रे गाउँपालिका ९ का अध्यक्ष दुर्गा बहादुर क्षेत्री, ८ का अध्यक्ष कृष्ण दवाडी, क्लबको अक्ष्यक्ष राम गुरुङ, धर्मगुरु कर्मा गुरुङ (लामा) टोल विकास संस्थाका संयोजक लगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रदेश सदस्य बरालले उनले बिजेता र उपबिजेता टिमलाई बधाई ज्ञापन गरे । उनले घलेल आफैमा रमणीय पर्यटकिय गाउँ रहेको बताउदै उत्सवले पर्यटन प्रबद्र्धनमा थप सघाउने धारणा राखे । बरालले यस क्षेत्रमा रहेको एतिहासिक सम्पदाहरुलाई उजागर गर्न स्थानीय तवरबाट पहल भएको बताउदै उनले नेपालको हितमा वनको नीति नबनेको गुनासो गरे । नेपाल भ्रमण वर्षमा २० लाख पर्यटक भित्राउने लक्ष्यलाई ल्वाङ तथा घलेलको होमस्टेले सघाउ पुर्याउन सक्ने भन्दै व्यवस्थापकिय पक्षमा ध्यान दिन समेत जोड दिए । उनले यस क्षेत्रको पर्यटकिय गतिविधि बिस्तार गर्नका लागि राजनैतिक संस्थाहरु पनि एकीकृत भएर लाग्नुपर्ने बताउदै सदैव सहयोग गर्न तयार रहेको बताए ।

kheladinews.com