अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् ।
आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिएलगत्तै इरानले ट्रम्पको टाउकाको मूल्य तोको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमकाअनुसार ट्रम्पको टाउकाको मूल्य ८० मिलियन डलर झण्डै ९ अर्ब नेपाली रुपैयाँ० तोकिएको हो । त्यसका लागि इरानीले दान गरेर रकम उठाउने इरानी अधिकारीले बताएका छन् ।
अन्तेष्टिमा सहभागीहरुले सुलेमानीको हत्याको बदलामा अमेरिकी राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई ८० मिलियन डलर उपलब्ध गराउने अभिव्यक्ति दिएका हुन्।
ट्रम्पको टाउकोको बदलामा राखिएको ८० मिलियन डलर जम्मा गर्नका लागि सुलेमानीको अन्तिम संस्कारको क्रममा एक संस्थाले इरानका सबै नागरिकलाई एक डलर दान गर्न अपिल गरेको छ।




