सुनको मूल्य अहिलेसम्मकै उच्च,बढ्ने क्रम जारी

सोमबार सुनको मूल्य प्रतितोला ७६ हजार रुपैयाँ पुगेको छ । सोमबारको मूल्य नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा उच्च हो।

आइतबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेर ७६ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार प्रतितोला ७५ हजार २ मा कारोबार भएको तेजावी सुन सोमबार ५०० ले बढेर प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै आइतबार प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार २० रुपैयाँले बढेर ९ सय २० रुपैयाँ कामय भएको महासंघले जनाएको छ।

पछिल्लो केही समयदेखि सुनको मूल्यमा घटबढ भइरहेको भएपनि केही दिन यता भने बढ्ने क्रम जारी छ ।