मौरीको टोकाइबाट महिलाको मृत्यु

चितवनमा वन मौरीको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

आइतबार अपराह्न पूर्वी चितवनको रत्ननगर नगरपालिका ९ बेलटाँडी बस्ने ७६ वर्षीया ठगिया थरुनीको घरमै बसिरहेको बेला वन मौरीले तोक्दा मृत्यु भएको हो ।

घरमै वन मौरीको हुल आएर टोक्दा गम्भीर घाइते हुभएकी उनलाई तत्कालै उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर ल्याइएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।