पोखराका अक्षरयात्रीहरू नवलपुरको बौदीकाली गाउँपालिका डेढगाउँमा पुगेका छन् । त्यहाँ पुगेर उनीहरूले सोही स्थानमै सिर्जित आआफ्ना रचना सुनाए ।
सिद्धार्थ सामुदायिक सिकाइ केन्द्रको व्यवस्थापन र साहित्यकार उज्वल ओझाको विशेष पहलमा पोखराका अक्षरयात्री त्यहाँ पुगेका थिए । अक्षरत्रयात्रीको उद्देश्य पर्यटन भ्रमण वर्षलाई सघाउने पनि थियो ।
‘जीवन र जगतको यथार्थबोधको लागि अज्ञरयात्रा’ नाराका साथ पोखराका यी अक्षरयात्रीहरू यसैगरी प्रत्येक महिना नयाँनयाँ ठाउँमा पुग्ने त्यहाँको बारेमा रचना सृजना गर्ने र सोही स्थानमै सुनाउने गर्दछन् ।
अक्षरयात्रीको यो यात्रा १७३औं हो । कार्यक्रमका बौदीकाली गाउँपालिकाका प्रमुख दुर्गाबहादुर रानामगरले पोखरादेखि अक्षरयात्रीलाई आफ्नो गाउँसम्म ल्याउन सफल भएको आयोजकलाई धन्यवाद दिए ।
उनले आफूले साहित्यको विकासमा सक्दो सहयोग गर्ने र आफ्नो गाउँपालिकाले पनि अक्षरयात्रा कार्यक्रम संचालन गर्दै आइरहेको जानकारी दिए ।
गाउँपालिकाकी उपप्रमुख मायादेवी श्रेष्ठले कार्यक्रममा महिलाको सहभागिता कम भएको र आगामी दिनमा महिलालाई सँगै लिएर यस्ता कार्यक्रममा हिंड्ने वचन दिंदै आफ्ना रचना पनि सुनाइन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद खनाल, वरिष्ठ साहित्यकार लोकनाथ पोख्रेल, अक्षरयात्राका परिकल्पनाकार दीपक समीप र पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष प्रकाश ज्ञवालीले पनि रचना सृजना गरी सुनाए ।
यसैगरी साहित्यकाहरू उज्वल ओझा, गोपिचन्द्र रिजाल, नारायण प्रसाद कँडेल, श्याम श्रेष्ठ, पदम विक, मेघबहादुर ठाणा, कपिल शर्मा, धर्मलाल माली, दिलमाया श्रेष्ठ, महेन्द्र दराई, गंगा विकले पनि उक्त अवसरमा रचना सुनाए ।
रचना सुनाउने अन्य अक्षरयात्रीमा प्रान्जल, संजीव पौडेल, विभू भुषाल, अर्चना थापा, नानुमाया नेपाली, याममाया थापा, महिमा विक, सौगात पोख्रेल, वसन्त विनोद, लालमणि पोख्रेल, कल्याण पन्त, कुशल विक, अमृत क्षेत्री, कमला थापामगर, शोभा परियार, मैयाँ सुवेदी, टिकाराम सुनार र कमल सुवेदी पनि थिए ।

सोही अवसरमा शिलु र शिवाले नृत्य प्रदर्शन गरेका थिए । गजल सन्ध्या पोखराका अध्यक्ष मोहन भण्डारी, नवनीत साहित्य सागरका अध्यक्ष लक्ष्मण थापा र सिद्धार्थ सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष हेमनाथ भट्टराइको संयुक्त अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा यादवप्रसाद ओझाले स्वागत र उज्वल ओझा र त्रुपकले सञ्चालन गरेका थिए ।







