आकासियो सुनको मुल्य,हाल सम्मकै नयाँ रेकर्ड

नेपाली बजारमा सुनको मूल्य आइतबार हालसम्मकै सबैभन्दा उच्च बिन्दुमा पुगेको छ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो ।

शुक्रबार तोलामा ७४ हजार ५०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार १ हजारले बढेर ७५ हजार ५०० भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। । यो अहिलेसम्मकै उच्च मूल्य हो।

तेजावी सुनको मूल्य पनि ७४ हजामर २ सयबाट एक हजार रुपैयाँले नै बढेर ७५ हजार २ सय रुपैयाँ पुगेको छ ।

यस्तै आइतबार चाँदी तोलामा ९०० रुपैयाँमा कारोबार भएको छ ।