
नेपाली राष्ट्रिय टोलीका खेलाडी सन्दीप लामिछानेले एकै ओभरमा दुई विकेट लिएका छन् । उनी रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल)मा अहिले डर्बी क्लब मेलबर्न रेनेगेड्ससँग खेलिरहेको छ ।
त्यस्तै १७ ओभरको अन्तिम बलमा सन्दीपले तेस्रो विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले २६ रन खर्चेर तीन विकेट लिए ।
योसँगै मेलबर्नले १४३ रनको लक्ष्य पाएको छ । निर्धारित २० ओभर बलिङ गरेको रेनेगेड्सले ९ विकेट गुमाएर १४२ रन बनाएको हो ।




