उखु पेली मेसिनमा चिनी बन्थ्यो पहिले
किसानसमेत पेलिकन बन्दो रै छ अहिले
त्यस्तो खालको चिनि आज छ त बजारभरि
ब्यापारीले बेचेका छन् नाफा गरी गरी ।
ऋण गरेर उखु ला ुछ न त केहि पाु छ
त्यहि उखुको पैसो माग्न अर्को ऋण नि लाछ
मिलमै ल्याउछ्न् बेच्न बरा खेतमा जान्न किन्न
चिनी बेच्छ मिलवालाले उखुको मोल दिन्न ।
सरकारले भन्छ अझ हो यो नगदे बाली
मिलवालालाइए होला सायद किसान मर्छन् खाली
कस्तो हुँदोे हो देख्दा तिन्लाई आज त्यही चिनी
उधारो नि दिन्नन तिन्लाइ केले खानु किनी
श्राप दिए कि किसानले नपाँउदामा भोग
त्यही भएर लाग्छ कि खै खाँदा सुगर रोग
गाँउ, प्रदेश ,केन्द्र अरे सरकार जताततै
न्याय खोज्दै रुँदै हिंडे पाएनन् नि कतै ।
मधेशका लागि भन्ने च्याउसरि नेता
कुर्सी पाए पुगिहाल्छ जान्न नजर त्यता
न छ त्यँहा जीवनको, न उखुको मूल्य
जिँउदा शरिर पनि जले बनी दाउरा तुल्य ।
सर्बहारा शासन सत्ता कृषिप्रधान देशमा
मरेका छन् किसान कठै यति साना केसमा
सरकारमा बसी खाछौ त्यो उखुको चिनी
गुलियो कि नुनिलो छ जिब्रै टट्याइ दिनी ?
न्याय माग्न राजधानीमा आँउदा कठै आज
नाताकतले ढल्दा त्यँही सडकको माँझ
दिँदाखेरि पिउन उसलाइ आज चिनी पानी
हेर्योमात्रै इन्कार गर्यो आफ्नै आँसु ठानी !
कवि पन्त पहिलो व्यंग्य काव्य कोइलीका लेखक हुन्




