एटीएमबाट कतिसम्म निकाल्न पाइन्छ पैसा ?

राष्ट्र बैंकले डेबिट कार्डमार्फत निकाल्न पाइने रकमको सीमा बढाएको छ । यसअघि डेबिडकार्ड मार्फत ग्राहकले ६० हजारसम्म मात्रै निकाल्ने मिल्ने व्यवस्था गरेकोमा अहिले फेरि सीमा बढाइएको हो । 

बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै एटीएममार्फत एक दिनमा डेबिट कार्डमार्फत न्यूनतम ५ सय, प्रतिकारोबार २५ हजारसम्म निकाल्न पाइनेगरी एक दिनमा १ लाखसम्म नगद निकाल्न पाइने व्यवस्था गरेको हो । 
यसअघि चिनियाँ ह्याकरको समूहले विभिन्न बैंकको एटीएम प्रयोग गरी रकम चोरेपछि राष्ट्र बैंकले एक लाखको सीमा घटाएर ६० हजार बनाएको थियो । 

यस्तै अब विद्युतीय माध्यमबाट वालेटमार्फत मासिक ५ लाखसम्म भुक्तानी गर्न पाइने व्यवस्था गरेको छ । यसअघि यस्तो सीमा १ लाखसम्म थियो ।

यस्तै राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको एटिएम बुथमा  राखिने सुरक्षा गार्ड हटाउन निर्देशन पनि दिएको छ । अब सीसीटीभीमार्फत नै एटीएमको गतिविधि निगरानी गरिने जनाइएको छ ।