युनाईटेड आर्सनलसँग पराजित

इग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड आर्सनलसँग स्तब्ध बन्न पुगेको छ । गएरातीको खेलमा युनाईटेड आर्सनलसँग २-० गोलले पराजित हुन पुग्यो ।

पराजयसँगै म्यानचेष्टर युनाईटेडको पुरानो लय फर्किने सम्भावना देखिदैन् । पछिल्ला दुईवर्ष यता युनाईटेड खराब लयबाट गुज्रिएको छ । त्यसलाई निरन्तरता दिदाँ नजिता कमजोर बन्दै गएको ठम्याउन सकिन्छ ।

आर्सनलले ८ औं मिनेटमा गोल गर्दै युनाईटेडमाथि दबाव सृजना गर्यो । खेलका कम ब्याक हुने सम्भावना कमजोर देखियो । पहिलो हाफम हुनभन्दा तीन मिनेट अघि अर्को गोल थपिएपछि आर्सनलले ३ अंक जोड्ने सौभाग्य जुरायो । दोस्रो हाफमा भने युनाईटेडले गोल फर्काउने सकेन् । आर्सनलले पनि थप गोलको भार बोकाउन असमर्थ रह्यो । ८ औं मिनेटमा निकोलास पेपेले गोल गरेका थिए । ४२ औं मिनेटमा आर्सनलका लागि दोस्रो गोल भने सोक्राटिस पापस्ताथोपाउलसले गोल गरेका थिए ।

kheladinews.com