म्युजिक भिडियोमा आयो मुस्ताङी सौन्दर्य (गीतको भिडियोसहित)

मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभासदस्य इन्द्रधारा विष्टको अग्रसरतामा मुस्ताङीको सौन्दर्य र सम्पदा समेटेर २ म्युजिक भिडियो निर्माण भएमा छन् ।

नेपाल भ्रमण वर्षको अवसरमा पर्यटन बोर्ड गण्डकीले बुधबार पोखरामा गरेको नेपाल पर्यटन वर्ष २०२० को समुद्घाटन समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तीमध्ये १ म्युजिक भिडियो सार्वजनिक गरे । रामजी खाँड र संगीता थापमगरले‘लोमान्थाङमै बसम्’ बोलको गीत गाएका छन् ।

गीतमा गण्डकी प्रदेशकै पर्यटन लाइफ लाइनसँग जोडिएको मुस्ताङ चिनाउने प्रयास गरिएको छ । म्युजिक भिडियो लाफा म्युजिक युटुब च्यानलमा राखिएको छ । मुख्यमन्त्री गुरुङले मुस्ताङ चिनाउने गीतका सर्जक रामजी खाँड र संगीता थापामगर, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट लगायतलाई सम्मान गरे । संगीतबाट मुस्ताङका ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदालाई चिनाएर पर्यटन प्रर्वद्धनमा योगदान गर्ने भिडियो बनाएको बिष्टले बताए ।

बाक्लो हिमपात भएको गत मंसिरमाम्युजिक भिडियो सुटिङ भएको थियो । उनले नेपालको पर्यटन क्षेत्रलाई दिगो बनाउन गीतसंगीत उपयुक्त माध्यम भएको सुनाए । गायिका जुनु रिजालको स्वर रहेको लोमान्थाङ जाउ बोलको म्युजिक भिडियोमा निशा गुरुङले अभिनय गरेकी छिन् ।

म्युजिक भिडियो निर्देशन तथा कोरियोग्राफर प्रकाश भट्ट छन् भने शब्द रमेश बिजीका हुन् । दुबै गीतमा संगीत संयोजन सुरेश अधिकारी र बिबी अनुरागीले गरेका छन् ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।