बाराको एनसेल टावरमा आगजनी

बाराको जितपुर सिमरा उपमहानगरपालिका– १६ पिलुवास्थित एनसेल टावरमा आगजनी भएको छ ।

सशस्त्र औद्योगिक सुरक्षा बलको ३०० मिटर पूर्वमा रहेको सो टावरमा मंगलबार राति अज्ञात समूहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिएका छन्।

स्थानीयवासी जसबहादुर वाइबाको जग्गामा रहेको सो टावर मंगलबार राति करिब १० बजेका समयमा आगजनी भएको हो।

आगजनीबाट टावरमा टावरमा रहेको जेनेरेटर र तारमा क्षति पुगेको भए पनि बीटीएस भने सुरक्षित रहेको छ। कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।

आगजनी कसले ग¥यो भन्ने नखुलेको घटनाका बारेमा आवश्यक अनुसनधान जारी रहेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताएका छन् ।