यति धेरै लिएर आउँदै अमित बराल

नेपाल आईडल सिजन २ का चर्चित प्रतिस्पर्धी अमित बरालको नयाँ गित यति धेरै आगामी शुक्रबार रिलिज हुने भएको छ ।

गितमा सब्द संकलन हर्कुलस बस्नेत गरेका छन् भने म्युजिक अरेन्ज रिकेश गुरुङको छ । नव कलाकार शिव श्रेष्ठ र निरन्जली लामाको अभिनय रहेको म्युजिक भिडियो अमित पुस्पन अफिसियल नामक युटुब च्यानलबाट आगमी शुक्रबार सार्वजनिक गरिने जानकारी बरालले जनाए ।

युटुबमा सार्बजनिक गरिएको गितको टिजर थोरै समयमा धेरैले मन पराएका छन् । यसअघि पनि बरालले म तिम्रै हुँ, यता मेरो रगतले, पिरतिको जाल जस्ता लोकप्रीय गीत बजारमा ल्याइसकेका छन् ।