बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष भट्टराईको निधन

झापाको बिर्तामोड नगरपालिका वडा नं। ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ ।

२ वर्षदेखि क्यान्सरबाट पीडित भट्टराईको मंगलबार अपरान्ह निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद पाण्डेले जानकारी दिएका छन् ।

एमालेबाट निर्वाचित भट्टराई पूर्व एमालेबाट झापा २ का पूर्व क्षेत्रीय कमिटी सदस्य समेत थिए ।

वडाध्यक्ष भट्टराईको निधनमा बिर्तामोड नगरपालिकाले बुधबार नगरभित्र एक दिन शोक बिदा दिने निर्णय गरेको छ ।